दर्जनौ सवारी साधन प्रहरी नियन्त्रणमा
बाँके । बाँकेमा निषेधाज्ञा खोलेसँगै सवारी साधनपनि सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम टलिनसकेको अवस्थामा सर्वसाधरणको दैनिकी केही सहज गराउनका लागि सवारी साधन सञ्चानल गरिएको हो ।
शनिबारदेखि लागु भएको जोरबिजोर प्रणालीमा पहिलो दिन बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न दिइएको छ भने जोर नम्बरको सवारी साधनमा बाँके प्रशासनले रोक लगाएको छ । बाँके प्रशासनले जोर नम्बरको सवारी साधन चल्नमा रोक लगाएपनि प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै सडकमा गुडेका जोर नम्बरका सवारी साधनलाई शनिबार विहानैदेखि नियन्त्रणमा लिने काम भएको छ ।
नेपालगन्जको त्रिभुवन चोक, सेतुविक चोक, धम्बोझी चोक, पुष्पलाल चोक, विपी चोक, गणेशमान चोक लगायताका स्थानमा दर्जन बढि अटोरिक्सा, मोटरसाईकल, स्कुटर, चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने जिल्ला प्रवेश र बाहिरने सवारी साधनमा रोक लगाइएको छ ।
केन्द्रको बैठकबाट आम सर्वसाधरणको जनजीवन सहज बनाउन साउन ३१ गते शनिबार(आज)देखि जिल्ला भित्र निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।
निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएसगैं आम सर्वसाधरणलाई सहजता हुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्