तपाईँ सुन्दै हुनुहुन्छः

थप एक सय ७३ जना कोरोना संक्रमण मुक्त, एक सय ८६ संक्रमित

आज थप एक सय ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट एक सय ७३ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ११ हजार ८ सय ६८ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ६६ दशमलव ५१ प्रतिशत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा एक सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभरी संक्रिय संक्रमित ५ हजार ९ सय ३६ जना रहेका छन् ।

संक्रिय संक्रमितहरु प्रदेश नं. १ मा ९३ जना, प्रदेश नं. २ मा एक हजार ३२ जना, वाग्मती प्रदेशमा ३ सय ९९ जना, गण्डकी प्रदेशमा तीन सय ८४ जना, प्रदेश नं. ५ मा चार सय १० जना, कर्णाली प्रदेशमा दुई सय ९९ जना र सुुदुरपश्चिम प्रदेशमा दूई हजार ४ सय १८ जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसमम्म १७ हजार ८ सय ४४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २२ हजार २ सय २८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button