पहिरो जाँदा बझाङमा ठूलो क्षति, कम्तिमा १७ घर पुरिएको प्रारम्भिक जानकारी

कञ्चनपुर । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मा गएराति पहिरो जाँदा कम्तिमा १७ घर पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बझाङ जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गणेश बमका अनुसार, पहिरोमा परी केही जनधन र पशुचौपाया बेपत्ता रहेको प्रारम्भिक खबर आएपनि यकिन बिवरण भने आइन बाकीँ रहेको छ ।
यो समाचार तयार गर्दासम्म प्रहरी टोली घटनास्थल पुगिसकेको थिएन । बझाङ सदरमुकाम देखि घटनास्थल पुग्न कम्तिमा पनि ६ घण्टा लाग्दछ भने नजिकैको प्रहरी कार्यालयदेखि त्यहाँ पुग्न दुई घण्टा जति लाग्ने प्रहरी नायव उपरीक्षक बमले जानकारी दिनुभयो ।
प्रहरी घटनास्थल पुगेपछि मात्रै विस्तृत विवरण संकलन हुने बताइएको छ । राती घरमा सबै सुतेको वेला पहिरो गएकोले क्षति बढी नै भएको हुन सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्