यस्तो छ धनकुटाका ७ वटै स्थानिय तहको बजेट, नीति तथा कार्यक्रम
धनकुटा । धनकुटाका ७ वटै स्थानिय तहले बुधबार कृषि, पर्यटन र स्वरोजगारलाई मुख्य प्रथमिकतामा राख्दै आर्थिक वर्ष २०७७।७८ का लागि निति तथा वजेट विनियोजन गरेका छन् ।
जसअनुसार धनकुटाको छथरजोरपाटी गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०७७।७८ का लागि ३८ करोड ३६ लाख ६२ हजार वरावरको अनुमानित वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुको अध्यक्षतामा सञ्चालित ७ औ गाउँसभामा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले वजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत वजेट आर्थिक वर्ष २०७६।७७ को तुलनामा ८ करोड ४१ लाख ५ हजार (२८ प्रतिशत)ले वढी भएको जनाइृएको छ ।
त्यस्तैगरी गाउँपालिकाको समग्र भू भागलाई उत्पादन मूलक वनाउन भू उपयोग नक्सा तयार पारी भौतिक विकासको स्वरुप सु निस्चित गर्न रु ५ लाख आर्थिक विकास तर्फ कृषि पेशालाइ व्यवसायीकिकरण गर्दै गाउँपालिकामा कृषी उत्पादन वढाउन कृषि प्रवद्र्धन कोषमा श्रोत भर्ना सापटीका लागि २० लाख, सामाजिक विकास तर्फ शिक्षामा १२ करोड ८३ लाख २ हजार, उपाध्यक्ष सँग जीवन रक्षा कार्यक्रम सञ्चालन गरी वालवालिकाको भ्रुण रक्षा सहितको जीवन रक्षा र आमाहरुको मातृत्व रक्षा गर्न २ करोड ७१ लाख ५५ हजार खानेपानी तथा सरसफाई तर्फ १ करोड २२ लाख २० हजार, सँस्कृती प्रवद्र्धन तर्फ १५ लाख खेलककुद तथा मनोरञ्नजन तर्फ ३७ लाख, लैंगिक समानता तथा समाजिक समावेशीकरण तर्फ रु ४१ लाख ९६ हजार गरी सामाजिक विकास तर्फ कूल १८ करोड ८ लाख ८३ हजार वजेट विनियोजन गरिएको छ ।
त्यस्तै पूर्वाधार विकास तर्फ कूल ७ करोड ७७ लाख १४ हजार नीजि तथा सामुदायीक वन, सरकारी वन को खुल्ला क्षेत्रमा वृक्षारोपण, डालेघाँस लगायत लगाई उचित व्यवस्थापन तथा वातावरण संरक्षण सरसफाई एवम् प्रकोप व्यवस्थापन कोभिड १९ महामारी नियन्त्रणका लागि ८७ लाख ६० हजार वजेट विनियोजन गरिएको छ ।
त्यस्तै गरी पाख्रीवास नगरपालिकाले बुधबार ४८ करोड ९८ लाख ७ हजार वरावरको अनुमानित वजेट प्रस्तुत गरेको छ । जसमा संघीय सरकार वित्तिय समन्वयीकरण्ण तर्फ ९ करोड ४३ लाख संघीय सरकार सशर्त तर्फ १८ करोड संघिय सरकार विशेष अनुदान तर्फ ३० लाख, प्रदेश विशेष अनुदान तर्फ २१ लाख ६१ हजार प्रदेश सरकार समपूरक तर्फ १ करोड रहेको नगरपालिकाका उपाध्यक्ष देवकला पौडेल तिम्सिनाले वताउनुभयो । नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित सभामा उपप्रमुख तिम्सिनाले वजेट प्रस्तुत गरेका थिए ।
त्यस्तैगरी धनकुटाको शहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड १० लाख ३२ हजार वरावरको वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित सभामा उपाध्यक्ष रत्नेश्वरी राई ले वजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष राईले वताए ।
त्यस्तै महालक्ष्मी नगरपालिकाले आगामी आर्थि वर्षका लागि ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपयाँ वरावरको वजेट विनियोजन गरेको छ । नगर प्रमुख पर्शुरामम नेपालको अध्यक्षतामा सञ्चालित सभामा मञ्जु कुमारी कार्की अधिकारी ले वजेट प्रसतुत गरेकोे हो । आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ रु २ करोड ५० लाख, पूर्वाधर विकास ५ करोड ५० लाख, वातवरण तथा विपद व्यवस्थापन १ करोड, संस्थागत विकास, सेवा प्रवमह सुशासन १ करोड, समपुरक कोषको लागि ९० लाख, सर्शत अनुदान केन्द्र र प्रदेश को २६ करोड ८७ लाख ४६ हजार, शुद्ध खानेपानी सुविधा विस्तार आयोजना लाई १ करोड २० लाख विनियोजन गरिएको छ ।
त्यस्तै धनकुटा नगरपालिकाले ६१ करोड ७९ लाख ४६ हजार वरावररको उपप्रमुख सकुन्तला बस्नेतले वजेट प्रस्तुत गरेको नगरका प्रवक्ता जमशेर छाराहाङ्गले बताए ।
चौविसे गाउँपालिकाले ४४ करोड १३ लाख २१ हजार ९ सय वरावरको वजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो । प्रस्तुत वजेट अनुसार पूँजीगत तर्फ ४९ दशमलव ७५ प्रतिशत र चालु तर्फ ५० दशमलव २५ प्रतिशत वजेट विनियोजन गरिएको छ ।
यता सागुरीगढी गाउँपालिकामा ४२ करोड २ लाख २३ हजार १ सय ३० रुपयाँ वरावररको वजेट विनियोजन गरिएको छ । जसअनुसार आर्थिक विकास तर्फ ९५ लाख सामाजिक विकास तर्फ २ करोड १ लाख ७२ हजार, पूर्वाधार तर्फ ४ करोड १७ लाख ७७ हजार, वन तथा वातावरण विपत व्यवस्थापन तर्फ ४८ लाख ५० हजार सुशासन तर्फ ५० लाख २० हजार, प्रशासनिक खर्च ७ करोड ७८ लाख १ सय ३०, संघीय सरकार सशर्त अनुदान २१ करोड ७७ लाख, प्रदेश सशर्त २५ लाख २६ हजार, प्रदेश समपूरक अनुदान १ करोड, विपत व्यवस्थापन कोष कोभिड १९ लगायतका लागि ५० लाख समपूरक कोष सिप विकास तर्फ १ करोड २० लाख वजेट विनियोजन गरिएकको गाउँपालिकाका प्रवक्ता तथा गाउकार्यपालिका सदस्य वालकृष्ण राईले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्