तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क I परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा भएको उक्त भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, हालै भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा गहन छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। सो अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढीपछिको पुनर्निर्माण प्रयासमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने विषयमा समेत विचार-विमर्श भएको थियो।

भेटघाटमा नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button