तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३÷८४–२०८७÷८८)सार्वजनिक गरेको छ । 

महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधविक्ता डा नारायणदत्त कँडेलले सार्वजनिक गर्नुभएको हो । यही साउन १ गतेदेखि लागू भएको छ ।

‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने नारा रहेको उक्त योजनाको मुख्य पाँच वटा प्राथमिकता रहेका छन् । वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानुनी जिम्मेवारी, सूचना प्रविधि र मानव संशाधन र भौतिक पूर्वाधार रहेको छ ।

उक्त रणनीतिक योजनाको मूल्य कानुन तथा न्यायका मान्य विद्धान्तको पालना, जिम्मेवारी तथा उत्तरदायित्व बोध, पारदर्शी तथा प्रभावकारी सेवा प्रवाह, पेशागत निष्पक्षता, व्यावसायिक स्वतन्त्रता तथा दक्षता अभिवृद्धि, निरन्तर सिकाइ तथा प्रक्रियागत सुधार, मानव अधिकार संरक्षण, लैङ्गिक र कमजोर वर्गप्रति संवेदनशीलता र अपराध पीडित तथा साक्षी संरक्षण रहेको छ ।

महान्यायाधिवक्ता डा कडेलले फौजदारी न्यायको अपराध पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था सुरु गरेको र अनुसन्धान सुरु गर्दा नै पीडितलाई राहत दिने व्यवस्था सुरु गरेको बताउनुभयो । 

उहाँले सरकारी वकिलको क्षमता विस्तार गर्ने काम गरिरहेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा महान्यायाधिवक्ता कार्यालयले तीन हजार १९१ मुद्दामा निर्णय गरेको छ ।

नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले गत आर्थिक वर्षमा महान्यायाधिवक्ता कार्यालयले गरेको महत्त्वपूर्ण काममा बारेमा जानकारी दिँदै ४० हजारभन्दा मुद्दामा वार्षिक अभियोजन गरेको र दक्षिण एसियामा सबैभन्दा राम्रो अभियोजन गर्ने नेपाल रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button