तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर किशोरीको मृत्यु

बैतडी। बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका-१ कलौनकी २२ वर्षीया अस्मिता भट्टको घाँस काट्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सोमबार बिहान घाँस काट्नका लागि सुर्नया गाउँपालिका-२ कैलडाँडा पुगेकी भट्टको जमिन भासिएर खसेको ढुङ्गा लागेर बिहान ९:३० बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

मृतक भट्टको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button