तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ८८ प्रतिशत रोपाइँ सम्पन्न

भद्रपुर (झापा)। झापामा यस वर्षको हालसम्म ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार सोमबारसम्ममा कुल धान खेती हुने क्षेत्रफलको ८८ प्रतिशतमा रोपाइँ भइसकेको हो। गत वर्षकै गतिमा यस वर्ष पनि रोपाइँ भइरहेको उहाँले जानकारी दिनुभयो।

झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको ७६ प्रतिशत हिस्सा हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button