देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
विराटनगर। सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो ।
उक्त घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो । देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।
हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो ।
जिल्लास्थित पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फका केही बजार भने बन्द रहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको पहलमा सोमबार भएको सर्वपक्षीय बैठक र जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्