तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप लिग–२ : नेपाल नामिबियाविरुद्ध बलिङ गर्दै

काठमाडौँ। नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपाल आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ  । 

नेपाल अहिले टस जितेर पहिले बलिङ गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई लिग–२ को शीर्षचारमा रहन अबका खेल जित्नै पर्ने दबाब छ । लिगमा ३० खेल सकेको नेपाल अहिले २४ अङ्कसहित पाँचौँ स्थानमा छ ।

समान खेलबाट २४ नै अङ्क बनाएको नामिबिया छैटौँ स्थानमा छ । आज जित्ने टोलीले पाँचौँ स्थान ओगट्नेछ । समान खेलबाट ३६ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ । 

नेपाल यस श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले स्तब्ध बनेको थियो । नेपालले यसपछि अन्तिम खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै यस शृङ्खलाको समापन गर्ने छ ।

आठ टोली सहभागी लिग–२ मा एकअर्कासँग कूल ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । एकदिवसीय मान्यता प्राप्त गर्न शीर्ष ६ स्थानमा अटाउनुपर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button