तपाईँ सुन्दै हुनुहुन्छः

अवैध औषधि पसलमाथि छापा, सञ्चालक पक्राउ

नेपालगञ्ज। बाँकेको जानकी गाउँपालिका–१ जोगा गाउँमा करिब १५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा सरकारी टोलीले छापा मारेर ६३ वर्षीय पञ्चलाल भुजुवालाई पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार घरभित्रै सञ्चालन गरिएको पसलबाट करिब ४० प्रकारका औषधिसहित तीन कार्टुन बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता वा औषधि बिक्रीको कानुनी अनुमति नरहेको खुलेको छ ।

भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको उजुरी परेपछि औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक साह र निरीक्षक अमन चौधरीको नेतृत्वमा सुरक्षाकर्मी सम्मिलित टोलीले घरमा छापा मारेको थियो । भुजुवालाई औषधि ऐन विपरीत कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने बरामद औषधिको स्रोत, गुणस्तर र म्यादबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button