बैतडीमा बस दुर्घटना
बैतडी । बैतडीमा बस दुर्घटना भएको छ । दशरथचन्द राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका-८ गैराखानमा बस दुर्घटना भएको हो ।

धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९६३ नम्बरको बस आज दिउसो करिब ३ बजे दुर्घटना भएको हो ।
बस सडकबाट करिब ६० मिटर तल खसेको छ । स्थानीय र प्रहरीले उद्धार कार्य गरिरहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्