प्रहरी हुँ भन्दै मोबाइल किनेर पैसा नभएको चेक दिनेको खोजी
नवलपरासी। प्रहरी हुँ भन्दै विभिन्न ठाउँमा ठगी गर्दै हिँड्ने व्यक्ति विरुद्ध पिडित व्यवसायीहरूले खोजी गर्न उजुरी दिएका छन् ।
नागरिकताको ठेगाना अनुसार रुपन्देहीको देवदह बस्ने यम बहादुर थापा थापाले बर्दघाट स्थित नव दुर्गा मोबाइल पसलबाट १ लाख ८५ हजार मूल्यको मोबाइल फोन किनेर ग्लोबल आईएमई बैङ्कको चेक दिएको तर बैंकले खातामा मौज्दात नभएको बताएपछि पसल सञ्चालकले बल्ल आफू ठगिएको पत्तो पाए ।
पसलमा आएर मोबाइल किनेर लगेको र प्रहरी हुँ भनेपछि विश्वासले चेक लिएको पसल सञ्चालक ओम प्रकाश डुम्रेले बताए । चेक नसाटिएपछि उहाँले ईलाका प्रहरी कार्यालय देवदहमा उजुरी गर्नुभएकाे छ ।
ईलाका प्रहरी कार्यालय देवदहका इन्स्पेक्टर भिमसेन बिष्टले सम्बन्धित मोबाइल पसल सञ्चालक आफूकहाँ आएर घटनाको जानकारी गराएको बताउनुभयो त्यस्तो व्यक्ति प्रहरीको कर्मचारी नभएको उहाँले बताउनुभयो ।
यस विषयमा आवश्यक खोजिकार्य भइरहेको इन्स्पेक्टर बिष्टले बताउनुभयो । । ती व्यक्तिले विभिन्न ठाउँमा ठगी गर्दै हिँड्ने गरेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्