कोशी अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज
विराटनगर । विराटनगर स्थित कोरोना विषेश कोशी अस्पतालबाट आज वेलुका २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । ती मध्ये चारजना महिला र २३ जना पुरुष रहेका छन ।
मोरङ, उदयपुर, धनकुटा, खोटाङ, सुनसरी लगायत सात जिल्लाका २७ जना संक्रमित अस्पतालबाट निको भएर घर फर्केको प्रदेश न १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुभयो ।
उनिहरुलाई मन्त्री घिमिरेले कोरोनालाई जितेको भन्दै फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो । अस्पतालमा अव १५ जना संक्रमितको उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको छ । प्रदेश न १ आज सम्म २ सय १ जना कोरोना संक्रमित फेला परेकामा ७८ जना अस्पतालबाट डिस्चार्ज भएको मन्त्री घिमिरेले बताउनुभयो ।
त्यस अवसरमा मन्त्री घिमिरेले कोरोना रोकथाम नियन्त्रणका लागी प्रदेश न १ का विभिन्न स्थानमा ४ हजार आइसोलेशन बेड तयार गर्ने योजनामा प्रदेश सरकार अघि बढेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्