सुकुम्बासी बस्ती हटाइँदा बिचल्लीमा परेका जनावरलाई स्नेहा केयर र क्याटद्वारा सहयाेग

काठमाडौँ । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका सस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गरेका छन् ।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाई अतिक्रमित जग्गाहरू खाली गर्ने क्रममा बिचल्लीमा परेका घरपालुवा जनावरहरूलाई हेरचाह गर्दै खाना खुवाएको हो ।
साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ।










प्रतिक्रिया राख्नुहोस्