तपाईँ सुन्दै हुनुहुन्छः

‘पोखरा महानगर संवाद’ कार्यक्रम प्रसारण गर्ने सम्झौता

पोखरा । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश पोखरा र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबिच ‘पोखरा महानगर संवाद’ रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पोखरेल र रेडियो नेपाल पोखराका कार्यालय प्रमुख शान्ति गुरुङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ३० मिनेटको ‘पोखरा महानगर संवाद’ कार्यक्रम हरेक मङ्गलवार बेलुकी ४ः०५ देखि ४ः३५ बजेसम्म प्रसारण हुनेछ ।

उक्त कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियम वेभ ६८४ किलोहर्ज, एफएम ९८ मेघाहर्जमा गोरखाको उपल्लो कोट, १०० मेघाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुङकोट, १०३ मेघाहर्जमा बर्दघाट सुस्ता पूर्व दाउन्ने र पाल्पाको बगनासकाली रिले स्टेसनबाट एकैसाथ सुन्न सकिने छ । 

साथै रेडियो नेपालको अनलाइन पोर्टल radionepalonline.com, मोबाइल एप, रेडियो नेपाल पोखराको फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रसारण हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button