तपाईँ सुन्दै हुनुहुन्छः

एक अर्ब २१ करोड खर्चेर धमाधम ‘आर्क ब्रिज’ बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकमा रु एक अर्ब २१ करोडको लागतमा  धमाधम ‘आर्क ब्रिज’ बनाइँदै छ । काममा १५० प्राविधिक एवं मजदूर परिचालन भएका छन् । 

व्यास नगरपालिका भएर बग्ने मादी नदीमा निर्माणाधीन पुलको ७७ प्रतिशत काम पूरा भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य उहाँले सुनाउनुभयो ।  तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button