दाङमा हालसम्म १ लाख ९६ हजारभन्दा बढीले गरे मतदान
दाङ। दाङ जिल्लामा हालसम्म १ लाख ९६ हजारभन्दा बढीले मतदान गरेका छन् ।
जिल्लाका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ३१ हजार ७५४ र महिला ३४ हजार ४३२ गरी जम्मा ६६ हजार १८६ मतदान गर्नु भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष २६ हजार ९९ र महिला ३२ हजार ६२९ गरी कुल ५८ हजार ७२८ मतदान गर्नु भएको छ ।निर्वाचन क्षेत्र नम्बर ३ मा पुरुष ३१ हजार ६४६ र महिला ३९ हजार ८५३ गरी जम्मा ७१ हजार ४९९ मतदान गरि सकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा ४ लाख ३१ हजार ६ सय ८६ जना मतदाता रहेका छन् भने हाल कुल मतदाताको संख्या १ लाख ९६ हजार ४ सय १३ मत खसिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्