भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ ।
उहाँले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाउनुभएको हो । दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लाग्नुभएकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बन्नुभएको छ ।
अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्