प्रतिनिधिसभा निर्वाचनका लागि तीन प्रदेशका निर्वाचन अधिकृतलाई अभिमुखीकरण
नेपालगन्ज। नेपालगन्जमा आजदेखि दुई दिने निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरूको सहभागिता छ । अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरूको उपस्थिति रहेको निर्वाचन आयोगका शाखा अधिकृत तुलसी राम भगतले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा। जानकी कुमारी तुलाधरले लोकतन्त्रको मूल आधार निर्वाचन भएको भन्दै निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मिथ्या सूचनाबाट जोगिँदै निर्वाचनलाई सभ्य र भव्य बनाउन सबैको अहम् भूमिका रहने उल्लेख गर्नुभयो ।

नेपाल सरकारका सचिव पाराश्वर ढुंगानाले विशेष र विशिष्ट परिस्थितिमा भइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्