सङ्घीयताको रक्षाका लागि चुनाव हुनुपर्छ : सह–संयोजक नेपाल
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले सङ्घीयता रक्षाका तोकिएकै मितिमा चुनाव गराउनुपर्ने बताउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्रको रक्षा गर्ने सङ्घीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने बताउनुभयो । चुनावको विकल्प नरहेको बताउँदै सह–संयोजक नेपालले सङ्घीयताको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि पार्टीले विकास निर्माणमा काम गर्न नसकेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले अबको विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्