काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज देउवा निवास महाराजगन्जमा भेटवार्ता भएको छ ।

उहाँहरूबिच समसामयिक विषय, प्रतिनिधि सभाको पुनर्स्थापना, सरकारको कामकारबाहीमा बारेमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले महासचिव शङ्कर पोखरेल र देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्