तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button