तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति र सद्भाव कायम राख्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिलाई लिएर आएका टिप्पणीप्रति प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिबाट कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नरहेको स्पष्ट पार्नुभएको छ । सबै धर्मप्रति समान सम्मान रहेको उल्लेख गर्दै उहाँले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले आफ्नो भनाइको गलत व्याख्या नगर्न र सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधि नगर्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button