तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

महोत्तरी । महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।

कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।   

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले नामावली सङ्कलन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button