तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल–२ : सुदूरपश्चिमले दियो काठमाडौँ गोर्खाजलाई १४८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १४८ कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धसतक बनाए ।

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुईरदुई विकेट लिए । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button