जिल्ला प्रशासन कार्यालय बाँकेको अवरुद्ध राहदानी सेवा सुचारु
नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन, मेशिनरी उपकरण र कागजातहरूमा भएको क्षतिका कारण अवरुद्ध रहेको राहदानी सम्बन्धी सेवा बिहीबारदेखि सुरु भएको थियो ।
कार्यालय आगजनीपछि अवरुद्ध रहेको राहदानी सम्बन्धी सेवा झन्डै दुई महिनापछि सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो । तामाङका अनुसार नागरिकता र राष्ट्रिय परिचयपत्रको काम भने यसअघि नै आंशिक रूपमा भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालय बाँके जलेर क्षतिग्रस्त भएको थियो । अब भवन मर्मत सम्भार द्रुत गतिमा अगाडि बढाएर पुरानै अवस्थामा फर्काउने प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्