मधेश प्रदेशका १ सय ३६ पालिकामा कार्यरत प्रयोगशालाका कर्मचारी आन्दोलित
जनकपुरधाम । मधेश प्रदेश सरकारले विभिन्न पालिकामा स्थापना गरेको जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारी सेवा निरन्तरताको माग गर्दै आन्दोलित बनेका छन् । सरकारले मधेश प्रदेशमा रहेका १ सय ३६ पालिकामा जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी पालिकाहरूमा नै स्वास्थ्यको परीक्षण सेवा सञ्चालन गरेको छ ।

मधेश प्रदेशका विभिन्न पालिकाहरूमा रहेको जनस्वास्थ्य प्रयोगशालामा कार्यरत रहेका २ सय ७२ जना कर्मचारी सेवाको निरन्तरताको माग गर्दै आन्दोलित भएका हुन् ।
खास गरेर ग्रामीण क्षेत्रमा नसर्ने रोगहरूको प्रकोप बढेको वेलामा पालिकाहरूमा सञ्चालन आएको जनस्वास्थ्य प्रयोगशालाको सेवाले रोगको पहिचान तथा निदानमा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।
मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत स्थापना भएका ती प्रयोगशालाहरू सञ्चालनमा आएपछि सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयले पाइरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्