ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडी I बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका वडा नं ३ धमकट्टेबाट सिण्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर आज दिउँसो १ बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिगास गाउँपालिका वडा नं ३ धमकट्टे घर भएका सोही ट्याक्टरका साहु ७५ वर्षीय हरुवा साउँद रहेका छन् । उनका नाती अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएका घटनास्थलमा रहेका खेमसिंह धामीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो ।
ओरालेमा ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । ट्याक्टर करिब ४० मिटर तल खसेको छ ।
ट्याक्टर चालक फरार रहेका छन् । चालकको परिचय पनि खुलेको छैन ।







प्रतिक्रिया राख्नुहोस्