तपाईँ सुन्दै हुनुहुन्छः

चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, परीक्षणको दायरा बढाउने तयारी

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिन अघि भएको संवाद अनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत एक जहाज स्वास्थ्य सामाग्री शनिबार काठमाडौं आइपुगेको र अर्काे जहाज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आएसँगै अब कोरोनाको परीक्षणमा सामग्रीको अभाव नहुने र परीक्षणको दायरा समेत बढ्ने स्वास्थ्य मन्त्रालयको दावी छ । त्यस्तै नेपाल सेनाले खदिर गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी चीन जाँदैछ ।
शनिबार र आइतबार ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेवल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रभावित क्षेत्रमा पीसीआर परीक्षण बढाउने र एक घर एक परीक्षणको कुरा सही नभएको बताउनुभएको छ । एक पटक परीक्षण गरेर सधैँलाई नहुने भएकाले शंकास्पद र ट्रेसिङमा आएकाको परीक्षण गरिने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो । हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार नेपालमा अवतरण गरेको हो ।
जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ । आजै नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ग्वान्जाओमा चाटर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चाटर्ड गरेको बताइएको छ ।
त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् । शनिबार आएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो ।
गोरखापत्र बाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button