तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार  आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button