तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्नुहुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ । आज बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुनेछ । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उहाँको भनाइ छ ।

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गर्नुभएको थियो । बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button