सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री सहयोग
सुनसरी । विगत ४२ दिन देखि सुरु भएको लकडाउनका कारण विद्यालयहरुको पठनपाठन सञ्चालनमा नआए पनि आउदो दिनमा सञ्चालन हुनु पुर्व स्वास्थ्य सुरक्षाका लागि सुनसरीका ४ गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा बालबालिकाहरु निकै सम्वेदनशिल रहने भएको हँुदा लकडाउन पछि सञ्चालन हुने विद्यालयमा कोभिड–१९ को संक्रमण सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आईतबार विद्यालयलाई स्वास्थय सामाग्री सहयोग उपलब्ध गराएका हुन् ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थको सहजीकरणमा सेनिटाईजर, ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामाग्री सुनसरीका गढी गाउँपालिका, देवानगञ्ज, हरिनगर, बर्जु गाउपालिकाका सामुदायिक विद्यालयहरुले पाउने गरी शिक्षा प्रमुखहरुलाई स्वास्थ सामग्री हस्तान्तरण गरेकोे सेभ द अर्थका प्रतिनिधिले बताए ।







प्रतिक्रिया राख्नुहोस्