तपाईँ सुन्दै हुनुहुन्छः

तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा माओवादी केन्द्रको जोड 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र त्यसका लागि नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्र, महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले घोषणा गरिएकै मितिमा निर्वाचन गराउन पार्टीले नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको हो । 

बैठकपछि नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको जानकारी दिनुभयो ।

बैठकमा समाजवादी मोर्चा विस्तार र एजेण्डा मिल्नेहरूसँग पार्टी एकताको विषयमा सकारात्मक छलफल भइरहेको विषयमा अध्यक्ष प्रचण्डले जानकारी गराउनुभएको नेता सापकोटाले बताउनुभयो ।

माओवादी केन्द्रले बाढी, पहिरो डुबान लगायतका विषम परिस्थितिमा उद्धार राहत लगायतका काममा पार्टी र वाइसिएलले प्रभावकारी भूमिका निर्वाह गरिरहेको भन्दै राहत पुनर्निर्माणमा लाग्न सबै पक्षलाई आव्हान समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button