सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
कैलाली । सुदूर पश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीको पहलमा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षिया जानकी देवी रावलको हेलिकोप्टर मार्फत उद्धार गरी कैलाली बाट काठमाण्डौं पठाईएको हो ।
उनी ११ दिन पहिले सुत्केरी भएकी थिइन । प्रसुती पछि पनि स्वास्थमा समस्या आएपछि डडेल्धुरा अस्पतालले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।
सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उद्धार गरी काठमाडौ लगिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्