तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जका सबै संक्रमित खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा भर्ना

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोल्हनपुर्वाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

उनीहरू कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

संक्रमित सबै एउटै टोलका हुन् । नेपालगन्ज डिएसपी रोडका पहिलो संक्रमित ६० बर्षीय ब्यक्तिको सम्पर्कमा आएका ९० जनाको स्वाब लिएर जाँच गर्दा ५५ मध्ये १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । पहिलो संक्रमित ब्यक्तिको पनि खजुरामै उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button