तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

काठमाडौँ I नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री अर्यालले सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने लगायतका तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभयो ।

गृहमन्त्री अर्यालले कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्को बैठकले तय गर्ने बताउनुभयो ।

गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने र शवको व्यवस्थापनका लागि निशूल्क सवारी साधनको व्यवस्था गर्ने निर्णय गरिएको बताउनुभयो ।

पदभार ग्रहणअघि मन्त्रालयमा गृहमन्त्री अर्याललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button