राहतको गुणस्तरहीन चामल सम्बन्धी अनुसन्धान शुरु
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा आज वीरगञ्ज महानगरले वितरण गरेको राहतमा केही वडामा गुणस्तरहीन चामल भेटिएपछि यसबारेमा अनुसन्धान शुरू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुले आज वीरगञ्ज महानगरपालिका वडा नं. १४ को कार्यालयमा राहत वितरणका लागि राखेको चामलको नमूना सड्ढलन गरेको छ ।
राहतका लागि महानगरपालिकाले टेण्डर मार्फत न्यु बोलबम खाद्य सप्लायर्स वीरगञ्ज, अनुज खाद्य भण्डार वीरगञ्ज, विद्याञ्चल खाद्य भण्डारबाट लिएको चामलको नमूना संकलन अनुगमन टोलीले गरेको छ । टोलीले तौल कम देखिएको चामलको बोरा समेत नियन्त्रणमा लिएको छ ।
अनुगमन टोलीले नमूना लिनुका साथै सम्बन्धित उद्योगमा समेत छापा मारेको छ । उत्पादन भइरहेको स्थानमा र त्यसको भण्डारण गरिएको गोदाममा छापामारी नमूना सड्ढलन गरेको छ ।
संकलन गरिएको नमूना खाद्य अनुसन्धान केन्द्र हेटौंडा पठाइने र त्यसको परीक्षण रिपोर्ट आएपछि कसूर अनुसार कारबाई गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्