अमेरिकाको लस एन्जलसमा सबै नागरिकलाई नि:शुल्क कोभिड १९ को परीक्षण गरिने
लस एन्जलस, संयुक्त राज्य अमेरिका- संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड १९ भाइरस परीक्षण गरिने भएको छ ।
यसरी शहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ ।
उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिनुभएको हो । उहाँले लस एन्जलस नै यसरी कोभिड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताउनुभएको छ ।
उहाँले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिनुभएको हो ।
उहाँले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । रासस/एएनआई








प्रतिक्रिया राख्नुहोस्