तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न मन्त्री गुरुङको आग्रह

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी युथ कन्फ्रेन्स २०२५’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘डिजिटल’ नेपाल कार्यान्वयन गर्न ‘एआई’को प्रयोग गरेर उत्पादन बढाउन आठ वटा क्षेत्र पहिचान गरेको उल्लेख गर्दै युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न आग्रह गर्नुभयो । “हालै जारी भएको एआई नीति कार्यान्वयन गर्न नियमावली बनाउने तयारी हुदैछ, एआईको उत्पादन र उद्यमशीलता बढाउन जोड दिने नीतिगत व्यवस्था गर्दैछौँ, अबको दश वर्षमा सूचना प्रविधिको क्षेत्रबाट ३० खर्ब आम्दानी हुने अपेक्षा गरिएको छ, सबै युवालाई नवप्रवर्तनमा लाग्न आग्रह गर्छु”, मन्त्री गुरुङले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button