तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आउनुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उहाँ आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी हुनुभएको थियो । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ ।  यहाँ रहँदा उहाँले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button