तपाईँ सुन्दै हुनुहुन्छः

नालामा डुबेर तीन बालकको मृत्यु

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीमा नालामा डुबेर तीन बालकको मृत्यु भएको छ ।

आज दिउँसो नालामा पौडी खेल्न गएका तीनै जना बालक डुबेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिका २ पितमारीका १२ वर्षका नरेश कुँवर, १२ वर्षकै नविन परियार र ११ वर्षका अनित रावत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button