तपाईँ सुन्दै हुनुहुन्छः

गहुँको समर्थन मूल्य तय गर्न सिफारिस

काठमाडौं । नेपालको प्रमुख खाद्यान्न बाली गहुँको यस बर्षको समर्थन मूल्य तोक्नका लागि सरकारले प्रकृया अघि बढाएको छ ।

कृषि मन्त्रालयले मन्त्रालयस्तरबाट छलफल गरी तयार पारेको प्रतिक्विन्टल तीन हजार १५ रुपैया तोक्न उपयुक्त हुने भन्ने प्राविधिक प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको मन्त्रालयका प्रवक्ता हरीबहादुर केसीले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयको प्राविधिक सिफारिशका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गँहुको सर्मथन मुल्य तय गर्ने प्रस्ताव बुधवार मन्त्रिपरिषद पेश गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले कृषि मन्त्रालयले पठाएको प्राविधिक प्रस्ताव अनुसार यो वर्षको गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोक्ने सम्बन्धी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद समक्ष पेश गरेको जानकारी दिनुभयो ।

गहुँ किनबेचको सिजन शुरु हुनुअघि सरकारले खाद्य बालीहरुको मूल्य तोक्ने प्रचलन छ । सरकारले धान, गहुँ, उखुलगायत कृषि वस्तुको समर्थन मूल्य बर्षेनी तोक्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको गहुँको समर्थन मूल्य सम्बन्धी प्रस्तावमा मन्त्रिपरिषद् बैठकले छलफल गरेर सर्मथन मुल्य निर्धारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button