तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

काठमाडौं । गए राती समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगमा सो पार्टीको दर्ता नम्बर १३८८ भएको छ।

आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालय पुगेका थिए ।

एकता गरेको कागजपत्र सो पार्टीका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताले आयोगका अधिकारीलाई बुझाएका थिए। थप आवश्यक कागजात पछि बुझाउने गरी पार्टी दर्ता गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button