तपाईँ सुन्दै हुनुहुन्छः

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा बराल

काठमाडौँ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ ।

बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्नुभएको छ । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गर्नुभएका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गर्नुभएको हो । विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसक्नुभएका अनुभवी र विज्ञको रुपमा चिनिनुहुन्छ । उहाँले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव संगाल्नुभएको छ ।

पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । “हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button