एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट बैशाख ९ गते एपीएफ टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षिय सुशिलकुमार राउत र २८ वर्षिय मनोज राउत छन् ।
बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।








प्रतिक्रिया राख्नुहोस्