कर्णाली प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य

सुर्खेत – कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ ९२० बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो ।
विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो ।
कोरोना भाइरस सिर्जित लकडाउन समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन । रासस








प्रतिक्रिया राख्नुहोस्