तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट पठाइएका ४० जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ

सल्यान । सल्यानबाट कोरोना परिक्षणका लागि पठाइएका ४० जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।जिल्लाको विभिन्न स्थानबाट ४० जनाको स्वाब संकलन गरी सुर्खेत प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

जिल्ला अस्पताल सल्यान तथा बिभिन्न स्थानीय तहमा गरेर स्वाब संकलन गरिएका ४० जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।

चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका तर लक्षण देखिएका ४० जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकोमा सबै रिपोर्ट नेगेटिभ आएको उहाँको भनाई छ ।

यस अघि जिल्लाबाट पठाएका तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । सल्यानबाट ४३ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटभ नै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button