तपाईँ सुन्दै हुनुहुन्छः

‘सत्य र न्यायको जीत हुनेमा आफू पूर्ण रुपमा विश्वस्त’

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा विचलन आएका कारणले जनतामा नेतृत्वप्रति आक्रोश र निराशा भएपनि वर्तमान व्यवस्था प्रतिको समर्थमा कुनै कमी नभएको बताउनुभएको छ । 

पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ जिल्ला अधिवेशनको आज जनकपुरधामको तिरहुतियागाछीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेकोले त्यसलाई चिर्नका लागि र जनताको पक्षमा काम गर्न आग्रह गर्नु भयो । 

उहाँले पतञ्जलि जग्गा प्रकरण बारेमा आफू कही कतै संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button