तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरको कलबलगुरी क्वारेन्टाइनमा रहेका २७ जानलाई घर पठाइयो

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । आज जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ ।

भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) किट परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा वसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

सरकारले गरेको लकडाउनकै बेला भारतका बिभिन्न ठाउँबाट हिँडेर आई पूर्वी काँकरभिट्टा र पूर्वी दक्षिणी भद्रपुर नाकाबाट नेपाल छिरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । नरैनापुरमा कोही पनि अहिले क्वारेन्टाइनमा छैनन् ।

कलबलगरी क्वारेन्टाइनमा सिराहाका ११ जना, उदयपुरका छ जना, , दैलेखका दुई जना, सप्तरीका एक जना र स्थानीय एक जना रहेको क्वारेन्टाइन इञ्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिनुभयो ।

सिराहा, उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत र दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहुञ्जेल कुनै पनि किसिमको असुविधा भाग्नु नपरेको, आफू घरमै भएकोजस्तो अनुभूति भएको उदयपुरको गढी गाउँपालिका वडा नं २ निवासी ४५ वर्षीय मोहनबहादुर मगरले प्रतिक्रिया दिनुभयो ।

यसअघि, हिजो मेचीनगरको काँकरभिट्टामा अलपत्र परेका विभिन्न जिल्लाका ६४ जनालाई मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसको व्यवस्था गरी घर पठाएको थियो ।

काँकरभिट्टाका होटलहरुमा बसेका उनीहरुको किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button